२०८१ फाल्गुन ७ गते बुधवार

करनी अभियोगमा बस्नेत पक्राउ


तुलसीपुर, असार २५ । घोराहीमा एक व्यक्तिलाई प्रहरी जवरजस्ती करणी अभियोगमा पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. ११ निवासी ३३ बर्षीय ताराबहादुर बस्नेतलाई सोही ठाउँ निवासी एक ५६ बर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पक्राउ परेका बस्नेतलाई दश दिन थुनामा राखेर अनुसन्धान गर्न विहीवार अदालतले आदेश दिएको प्रहरीले जानकारी दिएको छ । बस्नेतमाथि असार २२ गते बेलुका ५ बजे स्थानीय एक महिलालाई जवरजस्ती करनी गरेको अभियोग लागेको छ ।

प्रकाशित मिति : २०७७ असार २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *