दाङ,असार २५ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात सञ्चालनका बारेमा शुक्रवार बैठक बसेर मात्रै आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।सरकारले विहीवार मात्रै जिल्ला भित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय सार्वजनि गरेको थियो ।
त्यसलगतै त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले सामाजिक सञ्जालमा शुक्रवारको महासंघको बैठक पछि मात्रै यातायात सञ्चालन गर्ने नगर्ने टुंगो हुने जानकारी दिएका छन् । ‘ भोलिदेखि गाडी सन्चालन गर्ने सम्बन्धमा महासंघमा भोलि १ बजे बस्ने बैठकले आधिकारिक निर्णय गर्ने सम्पुर्ण ब्यबसायी मजदुर साथीहरुलाई जानकारी गराउँदछु,’ हमालले लेखेका छन् ।
जिल्लामा सार्वजनिक सवारीका साधन सञ्चालन गर्न दिने निर्ण सार्वजनिक भएपछि महासंघको आकास्मिक बैठकपछि शुक्रबार डाकिएको छ । त्यही बैठकले मात्रै यातायात सञ्चालन बारे आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।