२०८१ बैशाख ७ गते शुक्रवार

अपराध न्यूनिकरणमा केन्द्रित छौं – डिएसपी सिंह

यमकला भुसाल,
तुलसीपुर,असार २५ ।इलाका प्रहरी कार्यालय तुलसीपुरले अपराधिक घटना न्यूनिकरण तथा नियन्त्रणमा केन्द्रित भएर लाग्ने तयारी गरेको छ । त्यसका लागि तुलसीपुर क्षेत्रमा ७ सय ६३ जना त्यस्ता व्यक्तिको पहिचान गरिएको बिहीबार पत्रकार सम्मेलनमा इप्रका तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले बताए ।

आफु तुलसीपुरमा आएको एक महिना पुगेको अवसरमा गरेका कामका बारेमा जानकारी दिन भन्दै डिएसपी सिंहले कार्यालयमा पत्रकार सम्मेलन गरेका थिए ।उनले यो अवधिमा तुलसीपुर क्षेत्रमा अपराधिक घटनामा सलग्न ७ सय ६३ मध्ये १ सय ७८ जनालाई कारर्बाहीको दायरमा ल्याइएको बताए ।

उनीहरु काउन्सेलिङ पछि जीवन उपयोगी कुराहरु सिकाई परिवारको जिम्मा लगाई घर पठाइएको सिंहले जानकारी दिए । केटाहरुको कानका मुद्रा फाल्न लगाउने र कपाल काट्ने लगाएतका काम इप्रका तुलसीपुरले गरिरहेको पनि डिएसपी सिंहले जानकारी दिए ।आफु आएपछि मादक पदार्थ सेवन गरि सवारी साधन सञ्चालन गरेका दुई जनालाई सार्वजनिक अपराधमा मुद्दा चलाई कानूनी कारबाही शुरु गरिएको सिंहले बताए । मापासे गरेका ब्यक्तिलाई अदालतसम्म पु¥याउने काम तुलसीपुरमा प्रहरीले पहिलो पटक गरेको छ ।

पत्रकार सम्मेलनमा डिएसपी सिंहले प्रत्येक वडाका टोल–टोलमा सुरक्षा समिति गठन गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी बताए । समुदायमा हुने सवै खाले अपराधमा न्यूनिकरण तथा नियन्त्रण गर्न टोल सुरक्षा गठन सुरु गरिएको उनको भनाई थियो ।

उनले अवैद्य रुपमा गरिने नदिजन्य बस्तु उत्खनन् नियन्त्रण,टोले गुण्डा नियन्त्रण,जुवा तास नियन्त्रण,लागु औषध नियन्त्रण र प्रहरीको आचारणमा सुधार गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रकाशित मिति : २०७७ असार २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *