२०८१ फाल्गुन ७ गते बुधवार

दाङमा बैज्ञानिक वन व्यवस्थापन बारे संसदीय समितिले गर्यो छलफल

दाङ, असार २४ । संघीय संसद अन्र्तगतको कृषि, सहकारी एवं प्राकृतिक स्रोत समितिले पश्चिम नेपालमा भइरहेको बैज्ञानिक वन व्यवस्थापनको स्थलगत अनुगमनका क्रममा बिहिवार दाङमा छलफल गरेको छ ।
कैलालीको एउटा वनमा बैज्ञानिक वन व्यवस्थापनको नाममा मनपरी रुख काटेको उजुरी परेपछि संसदीय समितिले उप समिति गठन गरि पश्चिम तराईका जिल्लाको स्थलगत अनुगमन गरिरहेको उप समिति संयोजक शान्ता चौधरीले बताइन ।
दाङको छलफलमा सहभागि सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा सदस्यहरुले वैज्ञानिक वन व्यवस्थापनको अबधारणा राम्रो भएपनि त्यसबाट निस्किएको वन पैदावार उपभोगमा भने उपभोक्ताहरु मर्कामा पर्ने गरेको गुनासो गरेका छन ।
त्यसपछि चौधरीले उपभोक्तताको चाहना अनुसारले वन सम्बन्धि नीति नियम बन्नु पर्ने भएकाले सबैको राय सुझाव लिन आफूहरु अनुगमनमा हिडेको बताएकी थिइन ।
डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले वनका माध्यमबाट स्थानीयलाई समृद्ध बनाउन दाङको पहाडी भेगमा एक लाख टिमुरका बिरुवा रोप्न थालिएको जानकारी गराएका थिए ।
त्यस्तै उनले तराईको नदी उकास क्षेत्र बगरलाई वन बनाउने गरि गत बर्षदेखि थालिएको बृक्षारोपण अभियानलाई यो बर्ष निरन्तरता दिइएको अवगत गराएका थिए ।
कार्यक्रममा नेकपा दाङका सचिव सुवास पुन, नेपाली काँग्रेसका जिल्ला सचिव शंकरप्रसाद डाँगी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदी लगायएकाले सुझाव दिएका थिए ।

प्रकाशित मिति : २०७७ असार २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *