२०८१ माघ १२ गते शनिवार

तुलसीपुर न्यायिक समितिमा साढे ३ बर्षमा २ सय ६४ मुद्दा

पछिल्लो समय सबैभन्दा बढी मुद्दा माना चामलका
यमकला भुसाल,तुलसीपुर,असार २४ । तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिमा हालसम्म २ सय ६४ वटा मुद्दा दर्ता भएका छन । बुधवार तुलसीपुरमा पत्रकार सम्मेलन गर्दै समिति संयोजक माया आचार्यले समिति स्थापना भएदेखि हाल सम्म २ सय ६४ मुद्धा दर्ता भएको जानकारी दिइन ।
यी मध्ये १ सय २७ वटा मिलापत्रबाट र निणर्यबाट ७६ वटा मुद्दा फच्यौट गरिएको छ । त्यस्तै सहमति अनुसार दावी छाडेका १० र दावी फिर्ता लिएको एउटा वटा मुद्दा रहेको छ ।
२०७४ माघ १७ गते तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यको सयोजकत्वमा दूई सदस्यहरु जानका रेग्मी र यमुना परियारसहित न्यायिक समिति गठन भएको थियो ।
त्यस्तै आर्थिक वर्ष २०७६÷०७७ को साउनदेखि असार २२ गतेसम्म समितिमा ८३ वटा मुद्दम दर्ता भएका छन । जसमा सबै भन्दा बढी आमद इज्जत अनुसार खान लाउन नदिएको÷माना चामलका ४४ वटा मुद्दा दर्ता भएका छन ।
गाली बेइजतिका ६, जग्गा विवाद १०, कुटपिट १, ज्याला मजदुरी दिलाई पाउँ भन्ने ८, जेष्ठ नागरिकलाई पालन पोषण र हेरचाह नगरेको सम्वन्धि २, कुलो विवाद ८, नाबालकलाई खान लाउन नदिएको सम्बन्धी २ र प्रदुषण रोकी पाउँ भन्ने २ मसेत गरि ८३ वटा मुद्दा दर्ता भएका आचार्यले बताइन ।
समितिले ८३ मुद्दा मध्ये यस वर्ष ३२ वटा मुद्दा मिला पत्रबाट फच्यौट गरेको छ । छलफलबाट निरुपण भएका ११, दावी फिर्ता लिएको १, मेलमिलाप आदेशमै प्रक्रियामा रहेका १५, न्यायिक समितिमा मुद्दा दर्ता गराई सम्पर्कमा नआएका १३ विवाद रहेको आचार्यले पत्रकार सम्मेलनमा बताइन ।
संयोजक आचार्यले लकडाउनको कारण अगाडि नबढेका ११ मुद्दा रहेको जानकारी दिइन । समितिमा आर्थिक वर्ष २०७४÷०७५ मा दर्ता भएका ६३ मुद्दा मध्ये ३५ वटा मिलापत्रबाट फच्यौट र २८ वटा निणर्यबाट फच्र्यौट भएका छन् ।
त्यस्तै आर्थिक वर्ष २०७५÷०७६ मा दर्ता भएका १ सय १८ मुद्दा मध्ये मिलापत्रबाट ६०, निणर्यबाट ४८ वटा मुद्दा फच्र्यौट गरिएको जानकारी दिइएको छ ।
जसमा सहमति अनुसार दावी छाडेका १० वटा मुद्दा रहेको सयोजंक आचार्यले बताइन । समितिमा पछिल्लो समय श्रीमतीवाट पीडित बनेका श्रीमानहरुले मुद्दा दिन थालेको आचार्यले जानकारी दिइन ।
पीडित श्रीमानले खान लाउन नदिएको,घर निकाला गरेको रकम हिनामिना गरेको भन्ने दूई वटा मुद्दा दर्ता भएको र ती सबै फच्यौटकै क्रममा रहेको आचार्यले बताइन ।
कार्यक्रममा न्यायिक समिति सदस्य जानका रेग्मीले न्यायको सवालमा कुनै राजनीतिक दवाव प्रवाहमा नपरी निष्पक्ष तरिकाले न्याय प्रवाह गरिरेको बताइन ।
न्यायपालिकामा आउने सबै नागरिकहरुको पिडालाई मलम लगाउन आफुहरु सफल भएको उनको दाबी छ । त्यस्तै समितिका सदस्य यमुना परियारले न्यायिक समिति निर्माण पछि धेरैजसो पिडितलाई न्याय दिलाउन सफल तर्क गरिन ।
त्यस्तै उनले समितिमा विवाद हेर्ने अधिकृत स्तरका कर्मचारी भएता पनि संरचना अभावका कारण कार्यसम्पादनमा समस्या भएको स्वीकार गरिन ।
कार्यक्रमको सहजीकरण रामकुमारी मरासीनीले गरेका हुन ।
न्यायिक समितिमा निशुल्क हटलाइन सेवा
तुलसीपुरको न्यायिक समितिमा बुधवारदेखि हटलाइन सेवा सञ्चालनमा ल्याइएको छ । लकडाउनको समयमा पनि नागरिकहरुलाई न्यायको पहुँचसम्म ल्याउन बुधवारदेखि निशुल्क हटलाइन (टोल फ्रि नम्बर १६६०८२१८००१) सेवा सञ्चालनमा ल्याएको समितिका संयोजक माया आचार्यले बताइन ।
उनले लकडाउनको समयमा हिंसा पीडित व्यक्ति कहाँ पुगी आवश्यकता अनुसार विभिन्न खालका मनोसामाजिक परार्मश सेवा समेत प्रदान गराइरहेको बताइन ।

प्रकाशित मिति : २०७७ असार २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *