२०८१ माघ १२ गते शनिवार

व्यवसायीलाई चुनावी चटारो

केन्द्रिय सदस्य पदका उम्मेदवार विमल रिजाल सक्रियता तीब्र
शरद रेग्मी, तुलसीपुर,असार २४ । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ । चैत अन्तिम साता हुनुपर्ने चुनाव कोरोना महामारीका कारण साउन २५ र २६ गतेका लागि तय गरिएको छ ।
नयाँ मिति तय भएसँगै यतिबेला आकांक्षीहरूले दौडधुप तीव्र बनाएका छन । विधानअनुसार महासंघको आगामी नेतृत्व शेखर गोल्छाले गर्ने पहिल्यै तय छ ।
वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था विधानमा भएकाले उनको नेतृत्व निश्चित रहेको हो ।
अबको मुख्य प्रतिस्पर्धा वरिष्ठ उपाध्यक्षमा केन्द्रित हुने छ । वरिष्ठ उपाध्यक्ष पदका लागि हालका उपाध्यक्षद्वय चन्द्रप्रासाद ढकाल र किशो प्रधान चुनावी मैदानमा उत्रिएका छन् ।
उनीहरूले औपचारिक रुपमै उम्मेद्वारी घोषणा गरेर यतिबेला भेटघाटलाई तीव्रता दिएका छन । आफ्नो पक्षमा माहोल बनाउन उनीहरू दुवै यतिबेला सक्रिय छन ।
केन्द्रिय सदस्यमा दाङबाट रिजालको उम्मेदवारी दर्ता आसन्न निर्वाचनमा तुलसीपुर उधोग बाणिज्य संघका पुर्ब अध्यक्ष विमल रिजाल केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेर आफ्नो चुनाबी अभियानमा सक्रिय बनेका छन् ।
सामाजिक अभियान्ता तथा एक सफल युवा ब्यबसायी रिजाल सबै व्यापारीका माझ लोकप्रिय छन् । निर्वाचनको मिति तय भएपछि रिजाल पुनः आफ्नो चुनावी प्रचार प्रशारलाई तीव्र पार्दै लगेका छन् ।
‘मेरो उम्मेदवारी व्यवसायिक हक हितका लागि हो,’ रिजालले भने ‘मैले जितेर गए जिल्लाका उद्योगी व्यबसायीको पहुँच केन्द्रमा थप मजबुत बनाउन पहल गर्ने छु।’
देशभरका जिल्लाहरुबाट उत्साहजनक समर्थन पाएका केन्द्रिय सदस्य पदका उम्मेदवार रिजालले समाजमा गरेको योगदान र तुलसिपुर उद्योग बाणिज्य संघको नेतृत्वमा रहँदा गरेका कार्यक्रमलाई क्यास गर्ने पक्षमा छन् ।
तुलसीपुर सरसफाई अभियानका अभियान्ता,बन्द भएको दाङ एयरपोर्ट सन्चालनदेखि सभाहल निर्माणका प्रक्रियाहरु थालनी गर्नु उनका कार्यकालका उदाहरणिय कामहरु हुन ।

प्रकाशित मिति : २०७७ असार २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *