२०७८ बैशाख २५ गते शनिवार

कास्कीमा थप १३ जनामा कोरोनाकाे सङ्क्रमण पुष्टि

कास्की,असार २४ । कास्कीमा बुधबार थप १३ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गरिएकामध्ये १३ जनामा कोरोना पोजिटिभ पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले बताए । कास्कीको पोखरा महानगरपालिकाका १० जना र मादी गाउँपालिकाका तीन जनामा कोरोना पोजिटिभ देखिएको हो ।

पोखरा महानगरपालिकाको २६, २५, ३१, ५१, ४५, २५, ४३, ३२, २५ र ३५ वर्षीय पुरुषमा बुधबार कोरोना सङ्क्रमण भएको हो । मादी गाउँपालिकाका २८ वर्षीय पुरुषका साथै ३५ र ३७ वर्षीया महिलामा कोरोना देखिएको शर्माले बताए ।

सङ्क्रमण पुष्टि भएकाहरुलाई आइसोलेशन कक्षमा लैजाने तयारी भइरहेको शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार एक सय २९ पुगेको छ ।

आजसम्म गण्डकी प्रदेशमा कोरोनाबाट तीन जनाको भएको छ भने तीन सय ५३ जना निको भइसकेका छन् ।

प्रकाशित मिति : २०७७ असार २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *