दाङ,असार २४ । प्यूठानमा एक महिला खोलाले बगाउँदा बेपत्ता भएकी छन् । जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा नं. ३ भाङ्ग्रीबाङ निवासी ५६ बर्षीया हेमा कवर खोलाले बगाउँदा बेपत्ता भएकी हुन ।
कवर मंगलवार बेलुका रोल्पाबाट प्यूठानस्थित घर आउने क्रममा दूई जिल्लाको सीमानामा पर्ने घोर खोला तर्ने क्रममा बगेकी थिइन ।
बेपत्ताको खोजी कार्य जारी रहेको भएपनि यो खवर तयार पार्दा सम्म फेला नपरेको प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ ।
तिनाउ खोलाले बगाउँदा बेपत्ता
रुपन्देहीमा एकजना व्यक्ति खोलाले बगाउँदा बेपत्ता भएका छन् ।
जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. ११ बुद्ध नगरस्थित तिनाउ खोला पुलमुनी हिडिएका एक ६०÷६५ व्यक्ति बगेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।
मंगलवार बेलुका साढे ८ बजेतिर बगेको ती व्यक्तिको खोजी भइरहेको र हालसम्म फेला पार्न नसकिएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७७ असार २४ गते बुधवार