तुलसीपुर,असार २४ । तुलसीपुरमा एकजनाको कुलोमा डुवेर मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ अश्वाराको अन्नपूर्ण टोल निवासी ४८ बर्षीय केशरबहादुर भण्डारीको नौबस्ता कुलोमा डुवेर मृत्यु भएको छ ।
मंगलवार बेलुका साढे ५ बजेतिर भण्डारी खेतमा काम गरि घर फर्किने क्रममा घरदेखि ५० मिटर पश्चिम तर्फ रहेको नौबस्ता कुलोमा लडेर डुब्न पुगेका थिए ।
लडेर पानीमा डुवेको अवस्थामा फेला परेका भण्डारीलाई परिवारका सदस्यले उद्धार गरि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि पुर्याएका थिए ।
५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता एसएसपी राजकुमार बैदवारका अनुसार उनको गएराति ९ बजेतिर मृत्यु भएको थियो ।
घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ असार २४ गते बुधवार