
तुलसीपुर, असार, २३ । मंगलवार दाङमा तीन जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । तुलसीपुर उपमहानगरपालिकाका वडा नं. १५ का २२ बर्षीय पुरुष, बबई गाउँपालिका वडा नं. ५ का २७ बर्षीय पुरुष र बंगलाचुली गाउँपालिका वडा नं. ६ का ३८ बर्षीय पुरुषमा कोरोना संक्रमन फेला परेको हो ।
बाँके स्थित भेरी अस्पतालमा पिसिआर परीक्षणका क्रममा उनीहरुको रिपार्ट पोजेटिभ आएको हो । यो संगै दाङका ५९८ जनामा कोरोना संक्रमन पुष्टि भएको छ । त्यसमध्य दूई सय बढी मानिसहरु उपचार पछि घर फर्किसकेका छन् ।
सोमवार काठमाडौंमा बस्दै आएका दाङका थप दूई जनामा पनि कोरोना संक्रमन पुष्टि भएको थियो । उनीहरुलाई भने दाङका संक्रमितको सूचिमा राखिएको छैन ।
प्रकाशित मिति : २०७७ असार २३ गते मङ्गलवार