दाङ,असार २३ । प्यूठानमा एक युवाको ढुँगाले लागेर मृत्यु भएको छ । माण्डबी गाउँपालिका वडा नं. १ अरुणखोला निवासी २९ बर्षीयडोरबहादुर कवरको ढुंगाले लागेर मृत्यु भएको छ ।
स्थानीय इमानसिंह बिष्टको जग्गामा विरुवा रोप्ने क्रममा माथिवाट झरेको ढुंगा लागेर गम्भीर घाइते भएका कवरको जिल्ला अस्पतालविजुवारमा उपचारका क्रममा मंगलवार मध्यान्हः १२ बजेतिर मृत्यु भएको छ ।घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७७ असार २३ गते मङ्गलवार