तुलसीपुर,असार २३ । दाङकी एक महिलाको राप्ती नदीले बगाउँदा मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाट निवासी ५२ बर्षीया बशन्ता गिरीको मंगलवार राप्ती नदीले बगाउँदा मृत्यु भएको छ ।
गिरीको शव ११ किलोमिटर दक्षिण वडा नं. ३ मा फेला परेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार मंगलावार विहान ४ बजेतिर उनी कसैलाई केही नभनेर घरवाट निस्किएकी थिइन ।
भालुवाङस्थित राप्ती नदी पुलको आसपासवाट बगेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । घटनावारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ असार २३ गते मङ्गलवार
