दाङ,असार २३ । कर्णाली नदीले बगाउँदा बर्दियामा एकजनाको मृत्यु भएको छ । जिल्लाको ठाकुरद्धारा नगरपालिका वडा नं. ८ तितकैया निवासी २८ बर्षीय देबबहादुर थारुको नदीले बगाउँदा मृत्यु भएको छ ।
५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रबक्ता राजकुमार बैदवारका अनुसार थारु जिल्लाको गेरुवा गाउँपालिका वडा नं. ६ मनाऊस्थित माइतीबाट घर फर्किने क्रममा कर्णाली नदीले उनलाई बगाएको थियो । सोमवार बेलुका सवा ६ बजेतिर नदीमा बगेका उनको शव स्थानीयको सहयोगमा निकालिएको एसएसपी बैदवारले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ असार २३ गते मङ्गलवार