२०८१ माघ १२ गते शनिवार

कैलालीका एक मजदुरको रोल्पामा लडेर मृत्यु

दाङ,असार २३ । रोल्पामा एकजना मजदुरको लडेर मृत्यु भएको छ । कैलाली जिल्लाको टिकापुर घर भएका ६४ बर्षीय एक पुरुषको लडेर मृत्यु भएको छ । यो खवर तयार पार्दासम्म मृतकको नाम खुल्न नसकेको रोल्पाका प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङले जानकारी दिए ।

सोमवार बलुका साढे ५ बजेतिर सडक निर्माणको काममा खटिएका उनी झन्डै दश मिटर तल लड्न पुग्दा मृत्यु भएको प्रहरीले बताएको छ । रोल्पाको माडी गाउँपालिका वडा नं. २ घर्ती गाउँमा सडक निर्माणको काम गर्ने क्रममा उनी लड्न पुगेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ असार २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *