२०८३ असार ८ गते सोमवार

घोराहीका वडासचिवसहित ३ जना किर्ते गरेको अभियोगमा पक्राउ

तुलसीपुर,असार २२ । घोराही उपमहानगरपालिकाका एकजना वडा सचिवसहित ३ जना पक्राउ परेका छन् । किर्ते गरेको अभियोगमा घोराहीका वडा नं. १ का वडा सचिव धनबहादुर केसी र वडा नं.१३ का खरिदार लिलाजित नेपाली र वडा नं. १३ कै हेलोको टावर नजिकै बस्ने हुकुमबहादुर जिसी पक्राउ परेको प्रहरीले बताएको छ ।

ती तीन जनाले २०५९ सालको जन्म मिति भएकी एक किशोरीलाई उमेर घटाएर २०६१ साल बनाउन सघाएको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।एउटा जवरजस्ती करण मुद्दामा पीडित केटीका बाबुले छोरीलाई न्याय दिलाउन छोरीको उमेर घटाउँदा किर्ते कार्यमा वडा सचिवसहित ३ जनाले तत्कालिन समयमा सघाएको आरोप पछि पक्राउ गरिएको हो ।

हाल पूर्पक्षका लागि थुनामा रहेका जवरजस्ती करणी मुद्दाका अभियुक्तका आफन्तले केटीले उमेर किर्ते गरि घटाएको जानकारीका आधारमा दाङ देउखुरी जिल्ला अदालतमा उजुरी दिएका थिए ।

त्यसपछि अदालतले घोराही उपमहानगरपालिकाकालाई उक्त विषयमा सत्य तथ्य जानकारी दिन पत्राचार गर्न भनेको थियो । अदालतको पत्रका आधारमा घोराही उपमहानगरपालिकाले ती किशोरीको जन्म २०५९ जन्मेको प्रमाणित गरेपछि उनीहरुका विरुद्ध किर्ते अभियोगमा मुद्दा परेको थियो । पक्राउ परेकाहरु माथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यस अघिको समाचार सच्च्याइएको – सम्पादक

प्रकाशित मिति : २०७७ असार २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *