२०८० चैत्र ३० गते शुक्रवार

थप १ सय ८० जनामा संक्रमण, संक्रमितको संख्या १५ हजार ९ सय ६४

असार २२। आज देशभर थप १ सय ८० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा १ सय ८० जना संक्रमित थपिएका हुन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या १५ हजार ९ सय ६४ पुगेको छ । कोरोना संक्रमणबाट निको भई घर फर्किनेको संख्या २६४ रहेको छ ।

प्रकाशित मिति : २०७७ असार २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *