२०८१ फाल्गुन २ गते शुक्रवार

बुटवलमा साढे २२ केजी चरेशसहित दूई पक्राउ

दाङ,असार २२ । ५ नं. प्रदेश प्रहरी कार्यालयको विषेश प्रहरी टोलीले बसटवलवाट सोमवार साढे २२ केजी लागु औषध चरेशसहित दूई जनालाई पक्राउ गरेको छ ।
रुकुम पूर्व जिल्लाको सिस्ने गाउँपालिका वडा नं. ८ स्यालापाखा निवासी ३५ बर्षीय रतिभान दमाई र गुल्मी जिल्लाको मदाने गाउँपालिका वडा नं. ७ निवासी २९ बर्षीय मेघराज गिरीले खाली घरका लुकाएर राखेको अवस्थामा उक्त परिमानमा चरेश बरामद भएको हो ।
५ नं. प्रदेश प्रहरी काार्यलय तुलसीपुर दाङको कार्यालयका प्रदेश प्रहरी प्रबक्ता एसएसपी राजकुमार बैदवारले प्रहरी निरिक्षक प्रमोद क्षेत्रीको कमाण्डमा गएको विषेश टोलीले बुटवल उपमहानगरपालिका वडा नं.१२ हरियाटोल निवासी धनबहादुर दमाईको खाली घरमा लुकाई राखेको अवस्थामा उक्त परिमानमा चरेश बरामद गरेको जानकारी दिए ।
घटनावारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ असार २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *