दाङ,असार २२ । बाँकेमा बाघको छालासहित एकजना पक्राउ परेका छन् ।
राप्ती सोनारी गाउँपालिका वडा नं. १ सिमलघारी निवासी ४६ बर्षीय नवराज घर्ती मगरलाई बाघको छाला र हड्डीसहित पक्राउ परेका छन् ।
५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रबक्ता एसएसपी राजकुमार बैदवारले मगरले मकैं बारीमा लुकाई राखेको टाटेपाटे बाघको छाला र बाघको हड्डीसहित पक्राउ गरिएको जानकारी दिए ।
बाँकेमा पनि प्रदेश प्रहरी कार्यालयको विषेश टोली प्रमोद क्षेत्रीको कमाण्डमा गएको टोलीले असार २० गते मगरलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय कुुुसुममा राखेर अनुसन्धान भइरहेको प्रदेश प्रहरी प्रबक्ता बैदवारले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ असार २२ गते सोमवार