तस्विर – नारायण भट्टराई
तुलसीपुर,असार २२ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ को गौरीशंकर टोल बिकाश संस्थामा आवद्ध किसानलाई एक हजार फलफूलका बिरुवा निशुल्क बितरण गरिएको छ।
सोमवार गौरीशंकर टोलका अध्यक्ष दिननाथ भट्टराईको अध्यक्षता तथा पारिवारिक निजी वन संघका नेपालका केन्द्रिय उपाध्यक्ष मेघराज भुसालको प्रमुख आथित्यमा विरुवा वितरण कार्यक्रम भएको हो ।
कार्यक्रममा कागती, आँप, लिच्चि, कटहर लगाएतका फलफूलका करिब एक हजार बिरुवा एकसय ६ घरधुरीलाई बितरण गरिएको स्थानीय शिक्षक नारायण भट्टराईले जानकारी दिएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि भुसालले गौरीशंकर टोललाई फलफूलमा आत्मनिर्भर बनाउने र त्यसलाई नमूना टोल बनाउने उदेश्य अनुरुप विरुवा वितरण गरिएको बताए ।
उनले आगामी दिनमा एक घर एक ड्रागन फ्रुटको विरुवा निशुल्क बितरण गरिने आश्वास भूसालले बाँडे ।
गाउँ घरमै आएर निशुल्क रुपमा बिरुवा वितरण गरेकोमा स्थानीय खुसी भएको कमल भण्डारीले बताए ।
प्रकाशित मिति : २०७७ असार २२ गते सोमवार