तुलसीपुर,असार २२ । तुलसीपुरमा दुई लाख २५ हजार नगदहित दश जुवाडेलाई पक्राउ परेका छन् ।
आइतवार राति पौने ९ बजेतिर गोप्य सूचनाका आधारमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ नयाँबस्ति निवासी प्रेम सुनारको घरमा छापा मारेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरिक्षक चक्रडम्मर पालका अनुसार पक्राउ पर्नेमा घर धति ३६ बर्षीय प्रेम सुनार, सोही ठाउँका २३ बर्षीय रमेश नेपाली, ३९ बर्षीय धनेश्वर नेपाली, ३६ बर्षीय खिमबहादुर सुनार, २७ बर्षीय सञ्तोष नेपाली, ३४ बर्षीय निराजन तिवारी, ३८ बर्षीय शिवकुरमा स्वर्णकार रहेका छन् ।
त्यस्तै तुलसीपुर ५ का ३८ बर्षीय टेकबहादुर विश्वकर्मा, तुलसीपुर ८ का ३७ बर्षीय शोभाराम सुनार र सोही ठाउँका ३९ बर्षीय टेकबहादुर सुनारलाई पक्राउ गरिएको इप्रकाका प्रहरी प्रबक्ता पाललले फरककोणलाई बताए ।
जुवाको खालवाट नखोलेका दुई गड्डी नयाँ ताल र खोलेर खेलिरहेको अवस्थामा थप दूई गड्डी तास बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका सबैलाई जुवा ऐन अन्तरगत मुद्दा चलाएर कानुनी कारवाही हुने प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका सबैलाई इप्रका तुलसीपुरमा राखिएको छ ।
प्रकाशित मिति : २०७७ असार २२ गते सोमवार
