२०८० चैत्र १६ गते शुक्रवार

शुक्रबारदेखि भारी वर्षा हुने, सावधानी अपनाउन आग्रह


असार २२। जल तथा मौसम विज्ञान विभागले आउने शुक्रबारदेखि देशभरका नदीनालामा पानीको बहाव बढ्ने जनाएको छ । मनसुन सक्रिय रहेकाले धेरैजसो ठाउँमा पानी पर्ने तथा कतै भारी वर्षा हुने देखिएको छ । असार २६ देखि २९ गतेसम्म धेरैजसो नदीमा पानीको बहाव सतर्कताको तह पार गरी खतराको तहसम्म पुग्ने विभागले जनाएको छ ।

यस्तै प्रदेश नम्बर १ र २, वाग्मती तथा त्यस आसपासका चुरे तथा तराईबाट बग्ने सबै नदीमा बहावले सतर्कता तह पार गरी केही ठाउँमा खतराको तहसम्म पुग्ने सम्भावना रहेको छ । विभागले पू्र्वसावधानी अपनाउन समेत आग्रह गरेको छ । त्यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सम्भावित जोखिम रोक्न पूर्वतयारीमा जुट्न अनुरोध गरेको छ ।

आज बाग्मती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । अहिले पनि यी ठाउँहरुमा पानी परिरहेको भए पनि दिउँसो रोकिने र बेलुका फेरि ठूलो पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।

आज दिनभर अरु ठाउमा सामान्यतया बदली रहेर हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । रातिदेखि नै पानी परेका पहाडी भेगमा पहिरो र तराई तथा पानीको राम्रोसँग निकास नभएको ठाउँमा डुबानको जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७७ असार २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *