झापा,असार २१ । झुठो विवरण पेश गरेर विदेशी नागरिकलाई नागरिकता बनाइदिएको अभियोग लागेका एक जना व्यक्ति पक्राउ परेका छन् ।
जिल्ला प्रशासन कार्यालय, झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पक्राउ परेका हुन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय, झापा र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले काठमाडौंको गठ्ठाघरबाट पक्राउ गरेको हो ।
प्रकाशित मिति : २०७७ असार २१ गते आइतवार