२०८१ माघ १२ गते शनिवार

तुलसीपुर ५ का वडाध्यक्ष शाहलाई उपचारका लागि काठमाडौं लगियो

तस्विर – काँग्रेस केन्द्रीय सदस्य दीपक गिरीको सचिवालय
काँग्रेस महामन्त्री कोईरा र नेता गिरीले भेटे घाइते वडाध्यक्षहरु शाह र डाँगीलाई
दाङ,असार २१ । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोईराला र केन्द्रीय सदस्य दीपक गिरीले दाङका दुई घाईते वडाध्यक्षहरुलाई हस्पिटमा पुगेर भेटेका छन् ।
आइतवार महामन्त्री कोईराला र केन्द्रीय सदस्य गिरीले गत शुक्रवार अज्ञात समुहको आक्रमणमा परेका शान्तिनगर गाउँपालिकाका वडा नं. २ का वडाध्यक्ष फर्साराम डाँगी र मोटरसाईलको ठक्करवाट घाइते भएका तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष विरेन्द्र शाहको स्वास्थ्य अवस्था बुझेका छन् ।
वडाध्यक्ष डाँगी र शाह राजधानीस्थित ह्याम्स हस्पिटलमा उपचार गराई रहेका छन् । वडाध्यक्ष डाँगीमाथि भएको आक्रमणको जिम्मा सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले विज्ञप्ति मार्फत लिएको छ । उनी माथि गत शुक्रवार कार्यकक्षमै प्रवेश गरि एक समुहले रड र लाठीले आक्रमण गरेको थियो ।
त्यस्तै तुलसीपुर ५ का वडाध्यक्ष शाहलाई भने शनिवार विहान साढे ८ बजेतिर उनको घर नजिकै रा ५ प ५५६ नम्वरको मोटरसाईकलले ठक्कर दिएर घाइते बनाएको छ ।
शाहको तुलसीपुको उपचार पछि नेपालगञ्ज हुँदै थप उपचारको लागि काठमाडौं लगिएको छ । मोटरसाईकलको ठक्कर वाट वडाध्यक्ष शाहको एउटा खुट्टा फ्याक्चर भएको छ ।
त्यस्तै शान्तिनगर २ का वडाध्यक्ष डाँगीको अवस्थामा भने क्रमिक सुधार हुँदै गएको भन्ने खवर आफुहरुलाई चिकित्सले दिएको नेताहरुले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ असार २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *