तस्विर – रमेश रेग्मी ।
कर्मचारी यातायात कार्यालय तुलसीपुर ।
तुलसीपुर,असार २१ दाङमा कार्यरत निजामती कर्मचारीहरूले आन्दोलन जारी राखेका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको विधेयकप्रति असहमति जनाउँदै जिल्लाका निजामति कर्मचारीहरुले आन्दोलनलाई जारी राखेका छन् ।
यातायात व्यवस्था कार्यालय तुलसीपुरमा कार्यरत कर्मचारीहरु आइतवार निजामती विधेयकमा असहमति जनाउँदै विरोधमा उत्रिएका छन् । अन्य कार्यालयका कर्मचारीले पनि आफू कार्यरत कार्यालयमा असार १५ गते पारित विधेकको विरोधमा उत्रिएका छन् ।
नेपाल निजामती कर्मचारी यूनियन संघका जिल्ला उपाध्यक्ष रस्मिराज अधिकारीले केन्द्रिय कार्यक्रम अन्तरगत जिल्लाका सबै निजामती कर्मचारीले असहमति कार्ड झुण्ड्याएर काम गरिरहेको जानकारी दिए ।
‘पारित विधेकमा हाम्रो असहमति छ, विधेक सच्याउनु पर्छ भन्ने कुराहरु छातिमा टाँसेर काम गरिहेका छौ,’ उपाध्यक्ष अधिकारीले भने ‘हजारौं नायब सुब्बाहरूको वृत्ति विकास रोक्नेगरी निजामती विधेयक आएको हुँदा त्यो सच्याउनु जरुरी छ ।’
नेपाल निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियनको आह्वानमा देशव्यापी रुपमा कर्मचारीहरु विरोधमा उत्रिएका छन् ।
जिल्ला उपाध्यक्ष अधिकारीले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले गरेको आन्दोलनको पहिलो चरण अन्तर्गत विधेयकको विरोध भइरहेको र त्यो नसच्चिदा सम्म विरोध जारी रहने बताउ ।
विधेयकमा दलपिच्छे कर्मचारी संगठन खोल्न नपाइने कुरा उल्लेख गरिएको छ ।
प्रकाशित मिति : २०७७ असार २१ गते आइतवार