तुलसीपुर ,असार २१ । तुलसीपुर उपमहानगरपालिकाले आइतवार पाँच वटा पावर टिलर अनुदानमा वितरण गरेको छ ।
तुलसीपुर वडा नम्वर ३ को शिद्धबाबा कृषि सहकारी संस्था,वडा नम्वर ८ को थर्कोट कृषि सहकारी सँस्था, वडा नम्वर १८ को विजौरी साना किसान कृषि सहकारी संस्था, वडा नम्वर ७ को नमुना सहकारी संस्था र सोमनाथ कृषि सहकारी संस्थालाई गरि पाँच वटा पावर टिलर खरिदका लागि अनुदान प्रदान गरिएको छ ।
ठूलो परिमाणमा कृषि गर्ने समुह र सहकारीलाई ५० प्रतिशत अनुदानमा पावर टिलर वितरण गरिएको हो । पावर टिलर खरिदका लागि प्रति पावर टिलर ९७ हजार ५ सय अनुदान तुलसीुरले प्रदान गरेको छ ।
कृषिलाई आधुनिक प्रविधिसँग जोडेर उत्पादन वृद्धिका लागि स्थानीय सरकारले पावर टिलरमा अनुदान दिएको नगरप्रमुख घनश्याम पाण्डेले वताए ।
जिविकोपार्जनसँग मात्रै जोडिएको कृषिलाई व्यवसायिकरण गर्न नयाँ प्रविधिमा जोडन् आवश्यक रहेको उनले तर्क छ ।
कृषिमा आत्मनिर्भर भएमात्रै देश संबृद्ध बन्ने मेयर पाण्डले विश्वास व्यक्त गरे ।
त्यस्तै उनले किसानको सुविधालाई ध्यानमा राखेर हरेक वडामा कृषि इकाइहरु गठन गर्न थालेका नगरप्रमुख पाण्डेले जानकारी दिएका छन् ।
प्रकाशित मिति : २०७७ असार २१ गते आइतवार