दाङ,असार २१ । प्यूठानमा टिप्पर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ । टिप्पर चालक प्यूठानको नौबहनी गाउँपालिका वडा नं. ६ पिपल टारी निवासी ३० बर्षीय रोषण थापा र सोही ठाउँ निवासी सहचालक झलकबहादुर पुनको मृत्यु भएको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ ।
प्रदेश प्रहरी प्रबक्ता एसएसपी राजकुमार बैदवारका अनुसार ना ७ ख ८९३८ नम्वरको टिप्पर शनिवार चुन ढुंगा बोकेर दाङको कालाकाँटे तर्फ आउँदै गर्दा सडकदेखि करिब ६ सय मिटर तल खसेको थियो ।
प्रकाशित मिति : २०७७ असार २१ गते आइतवार