२०७८ बैशाख २८ गते मङ्गलवार

आज गुरु पूर्णिमा

दाङ,असार २१ । आज गुरु पूर्णिमा । आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइदैछ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ ।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ।गुरुलाई शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ।गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवं संघसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरिन्छ । यो वर्ष भने कोरोना भाइरसका कारण सार्वजनिक कार्यक्रमहरु गरिएका छैनन् ।

प्रकाशित मिति : २०७७ असार २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *