सुर्खेत, असार २० । बझाङमा पहिरोमा परि ६ जनाको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिकाको वडा नम्बर ८ मल्लेसीमा गएराति १ बजेतिर पहिरोमा परि ६ जनाको मृत्यु भएको हो । १० बर्षीया अस्मिता जेठारा, ७ वर्षका प्रयाग जेठारा, ५० बर्षीया राममती जेठारा, १५ वर्षीया शान्ति जेठारा, १४ वर्र्षका सन्तु जेठारा र ४६ वर्षीया रामकला जेठरा रहेको प्रहरीले बताएको छ ।
थप एकजनाको अवस्था अज्ञात नै रहेको प्रहरीले बताएको छ । बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । सुरुमा पहिरोमा २० जना बेपत्ता रहेको भनिएपनि १३ जना भने घरको छानोमा बसेर बचेको खुल्न आएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ असार २० गते शनिवार