तुलसीपुर,असार २० । तुलसीपुरमा एकजनाको कुलोमा डुवेर मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ निवासी ६५बर्षीय लोकबहादुर पुनको सल्लेबल्ले खोलामा डुवेर मृत्यु भएको छ ।
पुन शुक्रवार बेलुका ५ बजे खोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७७ असार २० गते शनिवार