२०८१ माघ १२ गते शनिवार

दाङका पत्रकार दम्पतीले दिए घरभाडा छुट


शिव राज खनाल ,
लमही असार १९। नेपाल पत्रकार महासंघ दाङकी उपाध्यक्ष लिला साह र उनका श्रीमान मोहोन कुवरले आफ्नो घरमा बस्ने र ब्यबसाय गर्दै आएका ब्यापारीहरु लाई घरभाडा छुट गरि दिएका छन । पत्रकार लिला शाह र मोहन कँवरले दाङ्गको लमही स्थित आफ्नो घरको ९ वटा कोठाको भाडा ३ महिनाका लागि छुट गरि दिएका हुन् । ९ वटा कोठाको ३ महिनाको भाडा १ लाख २० हजार रुपैया हुन्छ ।

पत्रकार शाहले आफ्नो घरमा ब्यबसाय गर्दै आईरहेका व्यापारी सँगै अन्य कोठा भाडामा बस्ने हरुको पिरमर्का बुझी घर भाडा नै छुट गरिदिएका हुन । लकडाउनमा व्यापारी हरु अत्यन्तै पिरमर्कामा रहेको र व्यापारी हरुको मनोबल उकास्नका निम्ति ३ महिनाका लागि घरभाडा नलिने बताईन । ‘ब्यापारीको पिरमर्का बुझ्नुपर्छ, लकडाउनमा ब्यापारीको अबस्था दयनिय बनेको छ पत्रकार शाहले भनिन्-जसले गर्दा उहाँहरुको दैनिक मनोबल खस्किदै गएको मैले पाएको छु ब्यापारी को मनोबन बढाउन यस्तो निर्णय लिएको उनले बताइन ।

उता शाहको घरमा होटल ब्यबसाय गर्दै आईरहेका राम प्रसाद पौडेलले ब्यापार शून्य छ यो अबस्थामा घरबेटीले कोठाभाडा छुट गरिदिएकोमा खुसी ब्यक्त गरे । ‘उनको घरमा रहेका म जस्ता अन्य धेरैको कोठा भाडा छुट भएको छ पौडेलले भने-हामी जस्ता ब्यापारीको पिरमर्का बुझ्ने घरबेटीलाई धन्यवाद समेत ब्यक्त गरे ।’ पत्रकार शाहको दम्पतीले दाङ्गको घोराही उपमहानगर पालिका वडा नम्बर १८ नवलपुर स्थित रहेको घरको भाडापनि पुरै छुट गरिदिएका छन् । पत्रकार लिला रेडियो हाईबे एफ. एम. कि समाचार सम्पादक हुन् ।

प्रकाशित मिति : २०७७ असार १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *