२०८१ माघ ९ गते बुधवार

शुक्रवार दाङमा थपिए ८ संक्रमित, कुल संक्रमित ५९५ पुगे


तुलसीपुर,असार १९ । शुक्रवार दाङमा आठ जना संक्रमित थपिएका छन् । चार पुरुष र चार महिला गरि आठ जनामा शुक्रवार संक्रमन पुष्टि भएको छ । उनीहरु मध्य दूई जना राजपुर गाउँपालिका र ६ जना लमही नगरपालिकाका हुन ।

राजपुर गाउँपालिका वडा नं. ७ निवासी २८ बर्षीय र राजपुर २ का ३० बर्षीय पुरुषमा संक्रमन पुष्टि भएको छ । त्यस्तै लमही नगरपालिका वडा नं. ५ की २२ बर्षीय र वडा नं. २ की २८ बर्षीय पुरुषमा पनि संक्रमन पुष्टि भएको छ । लमही वडा नं. ३ निवासी ३० बर्षीया महिला र वडा नं. ५ का २३,२२ र १२ बर्षीया महिलामा पनि संक्रमन पुष्टि भएको छ ।

यो संगै दाङमा कुल संक्रमितको संख्या ५९५ पुगेको छ । त्यसमध्य झन्डै दुई सय ५० जना उपचार पछि घर फर्किएको जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०७७ असार १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *