असार १९ । गुल्मीमा पहिरो जाँदा दुई जना वेपत्ता भएका छन । गुल्मीको इश्मा गाउँपालिका–१ मल्दी ढाँटफाँट भन्ने स्थानमा पहिरो जाँदा दुई जना वेपत्ता भएका छन् । दुई जनालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
एक जना महिला र एक जना पुरुषलाई स्थानीयवासीले उद्धार गरेका छन । अर्का एकजना महिला र एकजना पुरुष वेपत्ता भएको प्रहरीले बताएको छ । गएरातिदेखि परेको पानी कारण पहिरो जाँदा सो स्थानमा १५–२० घर जोखिममा समेत परेको प्रहरीले बताएको छ ।
घटनास्थल सदरमुकाम तम्घासबाट करिब तीन घण्टा पैदल दुरीमा पर्दछ ।अविरल वर्षासँगै आएको पहिरोका कारण बाटाघाटा अवरुद्ध छन् । बाटो अवरुद्ध हुँदा आवत–जावत गर्न कठिनाइ भएको छ ।
प्रकाशित मिति : २०७७ असार १९ गते शुक्रवार