२०८१ माघ १२ गते शनिवार

लमहीको अर्जुन खोलामा विपद प्रतिकार्य अभ्यास


तुलसीपुर, असार १८ । रबर बोटमा बसेकाहरु छिटो छिटो त्यसलाई चलाई रहेका छन् । कोही छिटो जाउ र उस्लाई बचाउ भन्दै खोला किनार बाट कराई रहेका थिए । कारण लमहीस्थित अर्जुन खोलामा आएको बाढीमा एकजना मानिस बगिरहेको दृष्य देखिएको थियो ।केही बेरमै त्यहाँ साहेताको लागि नेपाली सेना, सशस्त्र प्रहरीको एउटा टोली आइपुग्यो ।

पानीमा नडुब्ने ज्याकेट, हेलमेट लगाएका मानिसहरु पनि एकाएक त्यहाँ देखिए । अनि केही बेरमै अर्जुन खोलामा लमही नगरपालिकाका मेयर कुलबहादुर केसीपनि आइपुगे । मानिसहरु केही मानिसहरु अर्जुन खोलाको बाढीमा बग्दै गरेका मानिसहरुको उद्धारमा तल्लिन थिए । बाढीले बगाउँदै गरेका मानिसहरुलाई उद्धारकर्मीले उद्धार गरि ल्याए । उनीहरुलाई तत्काल कसरी अस्पताल सम्म पठाइयो ।

बिहीवार दिउँसो अर्जुन खोलको दृष्य ठिक यस्तै थियो। त्यो देख्नेहरु कतिपय अलमलिय पनि । कारण त्यहाँ त्यति ठूलो क्षति गर्ने खालको बाढीपनि आएको थिएन । यर्थातमा त्यो जिल्ला विपद व्यवस्थापन समिति दाङको नेतृत्वमा भएको बाढीको कित्तिम घटना अभ्यास मात्रै थियो । समितिका विनायक पौडेलका अनुसार बर्षाको समय आइसेकेको हुँदा संभावित बाढी आएमा कसरी उद्धारमा खटिने र मानिसको ज्यान जोगाउन भन्नेका लागि गरिएको त्यो एउटा अभ्यास मात्रै थियो ।
सबै तस्विर – विनायक पौडेल

 

 

प्रकाशित मिति : २०७७ असार १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *