तुलसीपुर,असार १८ । विहीवार दाङमा दूई जना नयाँ संक्रमित थपिएका छन् । दंगिशरण गाउँपालिका वडा नं. ७ का ३६ बर्षीय एकपुरुष र घोराही उपमहानगरपालिका वडा नं. १९ का २९ बर्षीय एक पुरुषमा कोरोना संक्रमन फेला परेको हो । विहीवार राप्ती स्वास्थविज्ञान प्रतिष्ठानमा १४३ स्वाब परीक्षण गरिएकोमा १४१ जनाको नेगेटिभ र २ जनाको मात्रै पोजेटिभ भेटिएको हो ।
बुधवार पनि दाङमा दूई जनामा मात्रै संक्रमन पुष्टि भएको थियो । यो संगै जिल्लामा संक्रमितहरुको संख्या ५८७ पुगेको छ । हालसम्मदाङमा साढे २ सय जति संक्रमन मुक्त भएर घर गइसेकेको जानकारी दिइएको छ ।
प्रकाशित मिति : २०७७ असार १८ गते बिहिवार