तुलसीपुर,असार १८ । नेपाली काँग्रेसका एकजना नेताले आफ्नो जन्मदिनमा अशक्तहरुलाई नगद रकम वितरण गरेका छन् । तुलसीपुरउपमहानगरपालिका वडा नं. ९ का वडा इकाई सभापति बलिराम खत्रीले आफ्नो जन्मदिनको अवसर पारेर विहीवार वडाका अनाथ, अपाङ्ग, अशक्त र घाइतेलाई जनही ४÷४ हजारका दरले २० हजार नगद सहयोग प्रदान गरेका छन् ।
तुलसीपुर ९ को सल्लीवन सरस्वती टोल निवासी मिर्गौला पीडित ५३ बर्षीय सार्कु वली, ट्रयाक्टर दुर्घटनामा बाबु गुमाएका, आमा अन्तैविवाह गरेर गएपछि बाजेसंग बस्दै आएका र कक्षा ५ मा अध्यनरत १० बर्षीय सुशील डाँगी, सुत्केरी अवस्थामा आमाको मृत्यु भएकीएञ्जिला चौधरी, प्यारालाईसिल भई हिडडुल गर्न नसक्ने बद्री श्रेष्ठ र गाडीवाट लडेर अपाङ्ग बनेका ३० बर्षीय सुरेश विकलाई उक्तरकम प्रदान गरिएको छ ।
हाल अमेरिकामा रहेका वडा सभापति खत्रीले उक्त रकम आफ्ना सहयोगी मार्फत उनीहरुको घर घरमै गएर प्रदान गर्न लगाएका हुन ।नगद रकम वितरण गर्न नेपाली काँग्रेस क्षेत्र नं. ३ (क) का सभापति घनश्याम ढकाल, वडा नं. ९ का कार्यबहाक सभापति मुक्तिप्रशादन्यौंपाने , वडा नं. ९ का तरुण अध्यक्ष विष्णु खत्री लगाएतले सघाएका थिए ।