काठमाडौं, असार १८। कोरोनाको संक्रमणबाट ४५ दिने शिशुको मृत्यु भएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत् ४५ दिने शिशुको मृत्यु भएको हो । मृत्यु हुने शिशुमा कोरोनाभाइरसको संक्रमण थियो।
त्रिवि शिक्षण अस्पतालका अनुसार बुधबार साँझ शिशुको मृत्यु भएको हो।श्वासप्रश्वासमा समस्या भएपछि शिशुको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ। अहिलेसम्म ज्यान गुमाएकाहरू मध्ये उनी सबैभन्दा कम उमेरका संक्रमित हुन्।
प्रकाशित मिति : २०७७ असार १८ गते बिहिवार