तुलसीपुर,असार १८ । तुलसीपुरकी एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा लाइभ आएर आत्महत्या गरेको भिडियो विहीवार दिउँसो १ बजेसम्मपनि हटाइएको छैन । त्यसले समाजमा नकारात्मक सन्देश प्रवाह भएको छ ।यो खवर तयार पार्दासम्म ११२ के भिउ , एक हजार जनाले शेर गरेका छन् भने १ हजार ९ सय जनाले त्यसमा कमेन्ट गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानीजरुवा निवासी अन्दाजी २३ बर्षीया एलिसा गौतमले विहीवार विहान १ बजेर २५ मिनेटमा लाइभ आएर सलको पासो लगाइ फ्यानमा झुण्डिएर आत्महत्या गरेकी थिइन ।
उक्त भिडियो हटाउन प्रहरीले प्रयास जारी राखेको भएपनि त्यो संभव भएको छैन । सुसाईड गरेकी युवतीको मोवाईलको लक पनि हालसम्म खोल्न संभव नभएको र त्योपनि काठमाडौं नै पठाउनु पर्ने अवस्था देखिएको डिएसपी सिंहले बताए । मोवाईमा ती युवतीले प्याटर्न राखेको र त्यो खोल्न नसक्दा भिडियो हटाउन नसकिएको सिंहले बताए ।
जवरवस्ती खोल्दा सबै डाटा जान सक्ने भएका कारण त्यसो नगरिएको उनले जानकारी दिए । ती युवतीले मोवाईलमा फिंगर प्रिन्ट राखेको र मृत्यु भइसकेका मानिसको फिंगर प्रिन्टले काम नगर्ने हुँदा थप समस्या भएको उनले बताए । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले आफुले भिडियो हटाउनका लागि काठमाडौंमा खवर गरेको र त्यहाँवाट फेसबुकलाई पत्राचार गरिसकेको भन्ने जानकारी आफुले पाएको बताए ।