तुलसीपुर,असार १८ । तुलसीपुरकी एक युवतीले फेसबुकमा लाइभ आएर झुण्डिएर आत्महत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानीजरुवा निवासी २३ बर्षीया एलिसा गौतमले विहीवार विहान १ बजेर २५ मिनेटमा फेसबुक लाइभमा आइ झुण्डिएर आत्महत्याको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले फेसबुक लाइभमा आउँदा एएलिसाले हात जोडेर कान समातेर लाइट अफ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले फेसबुक लाइभमा आउँदा एलिसाले हात जोडेर कान समातेर लाईट अफ गरेको र फेरि अन गरि सलको पासो लगाइ फ्यानमा झुण्डिएर आत्महत्या गरेको जानकारी दिए । त्यसपछि डिएसपी सिंहले प्रहरी निरिक्षक झलकप्रशाद शर्माको नेतृत्वमा १२ जनाको प्रहरी टोली साईरन बजाउँदै संभावित क्षेत्रमा खटाएको जानकारी दिए । रानीजरुवा स्थित माइती घरमा एसिला एक्लै बस्दै आएकी थिइन । उनका आमा–बुवा इण्डियामा बस्दै आएको तथा पहिला पतिसंग उनको सम्वन्ध बिच्छेद भइसकेको डिएसी सिंहले बताए ।
त्यसैले उनकी छोरीपनि पूर्व पतिसंगै बस्दै आएको डिएसपी सिंहले जानकारी दिए । तुलसीपुरकै एक युवतीले लाइभमा आएर आत्महत्या गर्दै गरेको भन्ने पहिलो पटक चितवनवाट एक पत्रकारले १ बजेर २७ मिनेटमा खवर गरेका थिए ।डिएसपी सिंहले भने ‘तपाँईको एरियामा एकजना लेडिजले फेसबुक लाइभमा आएर आत्महत्या गर्दै छिन्,सक्नु हुन्छ भने उस्लाई बचाउनुहोस भन्ने उहाँले आग्रह गर्नु भएको थियो।’
त्यसपछि डिएसपी सिंहले प्रहरी निरिक्षक झलकप्रशाद शर्माको नेतृत्वमा १२ जनाको प्रहरी छोली साईरन बजाउँदै संभावित क्षेत्रमा खटाएको जानकारी दिए ।
त्यो बीचमा उनले साइबर क्राईम संग उक्त विषयमा कुरा गरे । साईबर क्राईममा कार्यरत मानिसहरुले गुगलवाट तानेर एउटा नम्वर दिए । त्यो नम्वरमा डिएसपीले फोन गरे । ती व्यक्तिले घटनास्थल रानीजरुवा क्षेत्र भएको जानकारी दिए । अनि बल्ल प्रहरी त्यहाँ पुग्न सफल भयो । प्रहरीले विहानको साढे ३ बजे मात्रै एलिसा बस्ने घर फेला पार्न सफल भयो ।युवतीले आत्महत्या गर्नुको कारण भने खुली नसेकेको प्रहरीले बताएको छ । ‘आफन्त कोहीपनि यहाँ रहेनछन्,’ डिएसपी सिंहले भने ‘ पोष्टमार्टम पछि शव कस्लाई बुझाउने भन्ने नै समस्या देखिएको छ ।’