२०८१ माघ १२ गते शनिवार

दाङमा दूई सय ५० बढी उपचार पछि घर फर्किए


दाङ,असार १७ । बुधवार दाङका दूई जनामा मात्रै कोरोना भाइरस संक्रमन फेला परेको छ । बंगलाचुली गाउँपालिका वडा नं. २ का दूई जना महिलामा मात्रै संक्रमन फेला परेको छ । जिल्ला कारोना फोकल पर्सन कमल चन्दले दुबैजना महिला भारतवाट आएर क्वारेन्टिनमा बस्दै आएकाहरु भएको बताए ।

यो संगै दाङका कुल ५८५ जनामा संक्रमन पुष्टि भएको छ । चन्दका अनुसार दाङमा हालसम्म दूई सय ५० जना बढी संक्रमितहरु उपचारपछि घर गइसकेको जानकारी दिए । उनले घोराही उपमहानगरपालिका वडा नं. १० वाट मात्रै एक सय ५० जना जति डिस्चार्ज भएर घर गइसकेको बताए । ‘डिस्चार्ज हुनेहरुको लिष्ट सबै पालिकाहरु बाट मागेपनि आइसकेको छैन,’ चन्दले भने तर मेरो जानकारी भएसम्म दुई सय ५० बढी उपचारपछि घर गइसक्नु भएको छ।’

प्रकाशित मिति : २०७७ असार १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *