पहलमान घर्ती,
रोल्पा, असार १७ । रोल्पामा एक जनाले क्वारेन्टिनमै झुन्डिएर आत्महत्या गरेका छन् । दुवैबाट गत १० गते आएका गंगादेव गाउँपालिकावडा नम्वर ५ का ३१ वर्षीय एभान सार्कीले बुधवार दिउँसो साढे १ बजे तिर आत्महत्या गरेको प्रहरीले जनाएको छ । क्वारेन्टिनहरु खालीनभएपछि गाउँकै काका नाता पर्नेको घरमा उनी एक्लै बस्दै आएका थिए । घरको छानाको धुरीबलामा झुन्डिएको अवस्थामा उनकै १०वर्षका छोराले देखेर परिवारमा खवर गरेको प्रहरीले जनाएको छ ।
भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएकाहरुले सँगै बस्न नमानेपछि उनकै बुवाले आफ्नो आफ्न्तको खाली घरमा होम क्वारेन्टिनमाराख्नको लागि लगेको गंगादेव गाउँपालिका वडा नम्वर ५ का अध्यक्ष मानबहादुर डाँगीले जानकारी दिए । साथै खानको लागि दाल, चामल नुन तेल चिनि, चिउरा सबै वडाले दिएको डाँगीले बताए । के कारणले आत्महत्या गरे ? भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीलेजनाएको छ ।
पोष्मार्टमका लागि कहाँ लैजाने भन्ने बारेमा छलफल भइरहेको रोल्पाका प्रहरी प्रमुख, डिएसपी चित्रबहादुर गुरुङले जानकारी दिए ।मृतकको दुवैबाट घर आउँदा उनमा आरडीटी नेगेटिभ आएको थियो । उनमा दिर्घ रोग तथा अन्य कुनै समस्या नभएको समेत प्रहरीलेजनाएको छ । कोरोना भाइरस परिक्षणको लागि स्वाब संकलनका लागि रोल्पा अस्पतालबाट स्वास्थ्यकर्मी त्यस तर्फ हिडेका छन् ।