२०७८ बैशाख २५ गते शनिवार

१ लाख ११ हजार रकमसहित जुवाडे पक्राउ

तुलसीपुर, असार १७ । घोराहीमा १ लाख बढी रकमसहित दशजना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई घोराही उपमहानगरपालिका वडा नं. ३ गोग्लीस्थित न्यू ड्रिम रेष्टुरेण्ट एण्ड लजमा जुवा खेलिरहेको अवस्थामा सोमवार साढे १० बजेराति पक्राउ गरिएको हो ।

५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता एसएसपी राजकुमार बैदवारका अनुसार ती जुवाडेवाट १ लाख ११ हजार ६ सय ३६ रुपैंया नगद बरामद भएको छ । उनीहरुको साथवाट ५ गड्डी तास समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ । दूई दिन अगाडिको घटना भएपनि प्रहरीले बुधवार मात्रै यो खवर सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २०७७ असार १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *