२०८१ फाल्गुन ६ गते मङ्गलवार

तुलसीपुरमा संक्रमित वडाध्यक्षको सम्पर्कमा आएका व्यक्तिको खोजी सुरु


तुलसीपुर, असार १७ । तुलसीपुरका एक वडाध्यक्षलाई कोरोना भाइरसको संक्रमन फेला परेपछि उनको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीका अनुसार ती वडाध्यक्षले यो अवधिमा झन्डै ४० जनाको सम्पर्कमा आएको नामावली दिएको हुँदा ती व्यक्तिहरुको खोजी सुरु भएको बताए ।

‘उहाँले केहीदिन पहिले दोघरेमा भएको पार्टीको छलफलमा पनि सहभागि भएको भन्ने जानकारी दिनु भएको छ,’ केसीले भने ‘ त्यो बाहेक घर परिवार, केही व्यापारी र तुलसीपुर नगरका पदाधिकारी तथा कर्मचारीको पनि नाम आएको छ।’केसीका अनुसार उपमहानगरपालिकाका केही कर्मचारी, जनप्रतिनिधिले समेत आफुहरु समेत संक्रमित वडाध्यक्षको सम्पर्कमा पुगेको भन्ने जानकारी दिएका छन् ।

‘वडाध्यक्षज्यूलाई संक्रमन फेला परेपछि वडा कार्याललय एक हप्ताको लागि सिल भइसकेको छ,’ केसीले भने ‘उपमहानगरपालिकाको बारेमा के गर्ने भन्ने सवालमा आज मेयरसापसंग बसेर छलफल गर्दै छौं।’वडाध्यक्ष तुलसीपुर बजारका केही चिनजानका पसलहरुमा बस्ने र साथीहरु संग सामुहिक चिया समेत खाने गरेको हुँदा ती व्यक्तिहरुले समेत आफुहरुलाई समेत क्वारेन्टिनमा लैजान आग्रह गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७७ असार १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *