२०८१ माघ ३ गते बिहिवार

मंगलवार दाङमा ठूलो संख्यामा सलह किरा आयो


दाङ,असार १६ । मंगलवार दाङमा ठूलो संख्यामा सलह किरा देखिएको छ । जिल्लाका विभिन्न भागमा हजारौंको संख्यामा सलह किरा आएको र त्यसले बाली नाली सखाप पारेको विभिन्न ठाउँका किसालने जानकारी दिएका छन् । दाङ देउखुरीको लहमी क्षेत्र, घोराही, तुलसीपुर लगाएका विभिन्न स्थानमा मंगलवार दिउँसो ठूलो हजारौंको संख्यामा सलह किरा भित्रिएको छ ।

सलहले मकै बाली र धानमा ठूलो मात्रामा क्षति गरेको किसानले बताएका छन् । ठाउँ ठाउँमा किसालने हो–हल्ला गरेर, थाल भाँडा ठटाएर सलह धपाउन प्रयास गरेको जानकारी पनि दिएका छन् । नेपालमा गत शनिवार बुटवल, बारा, पर्सामा सलह प्रवेश गरेको थियो । त्यसको दोस्रो दिनमा सानो संख्यामा दाङमा सलह देखिएको भएपनि मंगलवार भने ठूलो संख्यामा सलह भित्रिएको देखिएको छ ।

प्रकाशित मिति : २०७७ असार १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *