२०८१ पुष २९ गते सोमवार

अज्ञात समुहद्वारा वडाध्यक्ष डाँगीमाथि कार्यालयमै खुकुरी प्रहार

तस्विरः फरककोण

तुलसीपुर,असार १६ । दाङको शान्तिनगर गाउँपालिकाका वडाध्यक्षमाथि कार्यालयमै खुकुरी प्रहार भएको छ ।

मंगलबार बिहान साढे ११ बजे वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि अज्ञात समूहले खुकुरी प्रहार गरेर फरार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी सुमित खड्काका अनुसार वडाध्यक्ष डाँगीको टाउको र हातमा चोट लागेको छ ।
चार–पाँच जनाको समूहले कार्यालयमा प्रवेश गरी आक्रमण गरेको उनले बताए ।

उनलाई अहिले तुल्सीपुरस्थित राप्ती प्रदेशिक अस्पतालमा उपचारका लागि लगिएको गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले जानकारी दिए ।

‘विप्लव समूहले नै आक्रमण गरेको हुनुपर्छ,कार्यालयमा पर्चा भेटिएको छ,’उनले भने।

फर्साराम डाँगी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन ।

 

 

प्रकाशित मिति : २०७७ असार १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *