२०८१ फाल्गुन ६ गते मङ्गलवार

कांग्रेस केन्द्रीय समिति बैठक १ बजे बस्दै

काठमाडौं, असार १६ ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ।

१४ औं महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने गत आइतबारको पदाधिकारी बैठकका निर्णयबारे बैठकमा छलफल हुँदैछ।

केन्द्रीय महाधिवेशन फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने कांग्रेसको निर्णय छ। कोरोनाले केन्द्रीय महाधिवेशन प्रभावित नहुने भए पनि प्रदेश, जिल्ला, क्षेत्रलगायत तल्ला तहका अधिवेशन प्रभावित हुने भएको छ।

कांग्रेसले कात्तिकदेखि सुरू गर्ने तयारी गरेको तल्ला तहका अधिवेशन दुई महिना पर सारेर पुसदेखि सुरू गर्ने गरी कार्यतालिका ल्याउन लागेको हो। पदाधिकारी बैठकले ल्याएका कार्यतालिका केन्द्रीय समितिमा छलफलपछि पारित हुनेछ।

आज बैठकमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतका आधारमा पारित भएको नागरिकता विधेयकमा राखिएको व्यवस्था, कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारलगायतका विधेयक संविधानका मर्मविपरीत हुने गरी सरकारले ल्याएको र यी समग्र विषयमा सडकदेखि सदनसम्म आन्दोलन गर्नुपर्नेलगायत एजेन्डामा छलफल हुने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

 

 

 

प्रकाशित मिति : २०७७ असार १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *