२०८१ माघ १२ गते शनिवार

प्रहरीले सर्वसाधारणले जंगलवाट ल्याएको च्याउ खोसेर नष्ट गर्यो

तस्विर – नरेन्द्र केसीको फेसबुकवाट ।

तुलसीपुर, असार १६ । प्रहरीले जंगलवाट सर्वसाधारणले खोजेर ल्याएको जंगली च्याउ खोसेर नष्ट गरेको छ । वन जंगलवाट सर्वसाधारणले खोजेर ल्याइ बजारमा बेच्ने च्याउ खाएका मानिसहरु धमाधम विरामी हुन थालेपछि प्रहरीले जंगली च्याउको विक्रि वितरणमा रोक लगाउन थालेको छ ।

मंगलवार विहान अम्बिकेश्वरी प्रहरी चौकीले जंगलबाट बजार तर्फ विक्रिका लागि लैजाँदै गरेको झन्डै १५ केजी च्याउ नियन्त्रणमा लिएर जनप्रतिनिधिको रोहवरमा नष्ट गरेको छ । दाङमा जंगली च्याउ खाएर ठूलो संख्यामा विरामी पर्न थालेपछि प्रहरीले जंगली च्याउ खान रोक लगाउने उदेश्यका साथ यस्तो अभियानको थालनी गरेको जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले बताए ।

तस्विर – नरेन्द्र केसीको फेसबुकवाट ।

 

 

प्रकाशित मिति : २०७७ असार १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *