तुलसीपुर,असार १६ । दाङमा एकजना व्यक्तिमाथि गएराति चिरपट प्रहार हुँदा गम्भीर घाइते भएका छन् ।घोराही उपमहानगरपालिका वडा नं. १६ शर्रा निवासी ५२ बर्षीय मिनबहादुर विकको चिरपट प्रहारवाट स्थानीय ४५ बर्षीय ओमप्रकाश विक र गम्भीर घाइते भएका छन् ।
घाइते विकलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
गएराति पौने दश बजेतिर सामान्ने विवादका क्रममा ओमप्रकाशमाथि मिनबहादुरले टाउकोमा चिरपट प्रहार गरि गम्भीर घाइते तुल्याएको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता एसएसपी राजकुमार बैदवारले जानकारी दिएका छन् । टाउकोमा चिरपट प्रहार गर्ने मिनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : २०७७ असार १६ गते मङ्गलवार