तुलसीुपर,असार १६ । दाङमा एकजना एम्बुलेन्स चालकलाई पनि कोरोना भाइरसको संक्रमन फेला परेको छ । शान्तिनगर गाउँपालिका वडा नं. ७ धनौरीस्थित दुबीचौर क्वारेन्टिनमा खटिदै आएका ३२ बर्षीय एम्बुलेन्स चालकलाई संक्रमन फेला परेको छ । दाङमा एम्बुलेन्स चालकलाई संक्रमन पुष्टि भएको यो नै पहिलो घटना हो ।
गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले संक्रमित एम्बुलेन्स चालक क्वारेन्टिनका मानिसहरु ओसार्ने कार्यमा खटिदै आएको जानकारी दिए । ‘ उहाँ क्वारेन्टिनका मानिसहरुलाई ओसार्ने कार्यमा खटिदै आएको भन्ने छ,’ डाँगीले भने ‘ यो बीचमा उहाँ क्वारेन्टिनमा बस्दै आएको र घर नगएको भन्ने खवर छ।’
शान्तिनगरमा सोमबारसम्म जम्मा ७ जना संक्रमित फेला परेका छन् । त्यसमा २ महिला र ५ पुरुष रहेका छन् । सोमवार नै दाङमा दूई जना नेपाली सेना र एकजना स्वास्थयकर्मीलाई पनि कोरोना संक्रमन फेला परेको थियो ।