२०७७ माघ ५ गते सोमवार

बुढाको निधनप्रति महरासहितका व्यक्तिद्धारा दुःख व्यक्त

दाङ १३ मसिर ।
घोराही उपमहानगरपालिका वडा नं. १६ का अध्यक्ष लछिनप्रसाद बुढामगरको असामयिक निधनप्रति संघीय संसदका सभामुख कृष्णबहादुर महरासहित विभिन्न व्यक्तिहरुले दुःख व्यक्त गरेका छन् । महराले शोक बक्तव्य जारी गर्दे बुढाको निधनले वडाबासीले एकजना असल राजनीतिज्ञ र अभिभावक गुमाएको उल्लेख गरेका छन् ।

घोराही नगरका प्रमुख नरुलाल चौधरी, जिल्ला समन्वय समितिका सभापति जितेन्द्रमान नेपाली र उपप्रमुख श्रीधरशर्मा पौडेल लगाएले पनि बुढाको असमायिक निधनको खवरले मर्माहत भएको उल्लेख गरेका छन् । उनीहरु सबैले बुढाजस्तो एक असल जनप्रतिनिधि गुमाउनुपर्दा दाङवासीलाई अपूरणिय क्षति भएको उल्लेख गरेका छन् । वडा अध्यक्ष बुढाको ४९ बर्षको उमेरमा विहीवार विहान ३ बजेतिर भारतको मेदान्त अस्पतालमा मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७५ मङ्सिर १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *