२०८१ पुष २९ गते सोमवार

सोमवार दाङमा दुई सेना र एक स्वास्थ्यकर्मी पनि संक्रमित

दाङ, असार १५ । दाङमा सोमवार दूई जना नेपाली सेना र एकजना स्वास्थयकर्मीलाई पनि कोरोना संक्रमन फेला परेको छ । संक्रमन दूई जना नेपाली सेनाहरु घोराहीस्थित रिपूमर्दन गणमा कार्यरत छन् । यसअघि पनि उक्त गणमा कार्यरत थप दुई जना सेनामा फरक – फरक समयमा शव व्यवस्थापनमा खटिएदा कोरोना संक्रमन देखिएको थियो ।

जिल्ला फोकल पर्सन कमल चन्दले सोमवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत थप एकजना महिला स्वास्थ्यकर्मीमा समेत संक्रमन फेला परेको जानकारी दिए । यो सहित प्रतिष्ठानमा कार्यरत दूई चिकित्सकसहित ८ जनामा संक्रमन पुष्टि भइसकेको छ । जिल्ला भर संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या १७ पुगेको छ ।

हालसम्म घोराही उपमहानगरपालिकाका ५, गढवाका गाउँपालिकाका २, राजपुर गाउँपालिका १, बंगलाचुली गाउँपालिकामा १ र प्रतिष्ठानका ८ जनामा संक्रमण देखिएको हो। दाङमा हालसम्म ३ वडाध्यक्ष र एक वडा सदस्य गरी ४ जना जनप्रतिनिधिमा संक्रमन फेला परेको छ । उनीहरु घोराही र बंगलाचुलीका हुन ।

प्रकाशित मिति : २०७७ असार १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *